Section 25A
प्रदेश तथा स्थानीय तहले पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी कार्य गर्न सक्ने
(१) प्रदेश तथा स्थानीय तहले पशुपालन व्यवसायलाई व्यवस्थित र विकसित गर्न किसानलाई पशु स्वास्थ्य तथा पशु सेवा उपलब्ध गराउन सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्रदेश र स्थानीय तहले पशु स्वास्थ्य तथा पशु सेवा उपलब्ध गराउँदा यस ऐन बमोजिमको मापदण्डको अधीनमा रही उपलब्ध गराउनु पर्नेछ।”